रवि लामिछानेको गगन लक्षित तिखो टिप्पणी ,२० वर्ष सांसद भए पनि ज्ञान आएन

साझा लाल्टिन संवाददाता

१२ फागुन,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुक अब विकास र निर्माणको दिशामा अघि बढेको दाबी गरेका छन्।

धनगढीमा आयोजित चुनावी सभामा, लामिछानेले निर्माण व्यवसायीहरूलाई आत्तिन नहुने बताएका छन्। उनले भने, “बाँध्ने भनेको कानुनले बाँध्ने हो, डोरीले होइन। कानुन अनुसार काम गरे कसैले केही गर्न सक्दैन।”

यो टिप्पणी केही दिनअघि वरिष्ठ नेता बालेन शाहले सडक ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर काम गराउन सकिन्छ भन्ने अभिव्यक्तिको प्रसङ्गमा आएको हो।

लामिछानेले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै भने, “२० वर्ष सांसद र मन्त्री भएपछि मात्रै बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आएको छ। यो ज्ञान तपाईंसँगै राख्नु होला।”

साथै उनले विकास निर्माणका कामलाई द्रुत बनाउन दुई वा तीन सिफ्टमा काम हुने पनि बताए। उनले निर्माण व्यवसायीलाई निर्देश दिए, “रातभर काम गर्न सकिन्छ। उपकरण पर्याप्त छैन भने आवश्यक साधन जुटाउन ढिला नगर्नुहोस्। अब नेपाल विकास निर्माणको बाटोमा अगाडि बढ्छ, कसैले रोक्न सक्दैन।”

प्रतिक्रिया