८ वैशाख, काठमाडौं,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार साँझ भेटवार्ता भएको छ। गृहमन्त्री गुरुङ स्वयं बुढानिलकण्ठस्थित लामिछानेको निवास पुगेर भेट गरेका हुन्।
भेटको एजेन्डा र निष्कर्षबारे आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन। तर पछिल्लो समय बढ्दो राजीनामाको दबाबका बीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
21 April 2026