८ वैशाख, काठमाडौं,
आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। उक्त समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट रहनेछन् भने अर्थ सचिव घनश्याम उपाध्याय र काठमाडौंका भूवन कुमार दाहाल सदस्य रहनेछन्।
त्यस्तै, सरकारले नेपाल विशेष सेवा ऐन २०४२, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नेतृत्वमा प्युठानका डिल्लिराज आचार्यलाई अध्यक्षमा नियुक्त गरिएको छ। सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई मनोनयन गरिएको छ।
21 April 2026