प्रचण्ड रविलाई भेट्न नख्खु कारागार

साझा लाल्टिन संवाददाता

काठमाडौँ ०४ भदौ - पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार अध्यक्ष प्रचण्ड रविलाई भेट्न बुधबार साँझ नख्खु कारागार पुगेका हुन् ।

सहकारी ठगीको आरोपमा भैरहवा कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई गत शनिबार ललितपुरको नख्खु कारागारमा स्थान्तरण गरिएको थियो । त्यसलगत्तै भिटामिन ‘डी’ को कमीका कारण उनी अस्वस्थ भएका थिए । 

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको र अहिले स्वास्थ्य पनि बिग्रिएका कारण प्रचण्ड रविलाई भेट्न पुगेका हुन् ।

प्रचण्डले रविलाई स्वास्थ्यलाभको कामना तथा राजनीतिक प्रतिशोधविरुद्ध आवाज उठाउने आश्वासन दिने बताइएको छ । रास्वपाले राजनीतिक सदाशयता देखाएर रविलाई भेट्न कारागार गएकोमा प्रचण्डलाई आभार प्रकट गरेको छ ।

प्रतिक्रिया