काठमाडौ १५ असार - नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुने बताएका छन् ।
संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
सुनुवाइ समितिको बैठकमा आफू बोलेर निस्कन अनुमति माग्दै घिमिरेले विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जानुपर्ने बताए ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
29 June 2025