मनोहरा किनारमा आज डोजर चल्ने तयारी, सुकुमबासी आफैं सामान सार्दै

साझा लाल्टिन संवाददाता

काठमाडौँ - भक्तपुरस्थित मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा आज डोजर चलाइने तयारी भएपछि स्थानीयले धमाधम सामान सार्न थालेका छन्।

हिजो डोजर हटाउन पुगेको टोलीमाथि ढुंगामुढा भएको भए पनि आज भने अवस्था केही शान्त देखिएको छ। सुकुमबासीहरू आफैं घरभित्रका सामग्री सुरक्षित स्थानतर्फ सारिरहेका छन् भने यस कार्यमा नेपाल प्रहरीले पनि सहजीकरण गरिरहेको छ।

बस्ती क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि स्थानीयले ढुंगामुढा प्रहार गर्दा केही प्रहरी घाइते भएका थिए। स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फिर्ता भएको थियो।

तर, आज भने सो क्षेत्र खाली गराउने सरकारको तयारी अनुसार डोजर परिचालन हुने जनाइएको छ।





प्रतिक्रिया