११ वैशाख, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ई–बिडिङ प्रणालीमा हस्तक्षेप गरी आफूअनुकूल ठेक्का पार्ने प्रयास गरेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो।
राप्रपाका उपाध्यक्षसमेत रहेका पाण्डे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।
यसअघि पनि उनी विवादमा तानिएका थिए। २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
उक्त प्रकरणमा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
24 April 2026