२२ माघ, काठमाडौं - नेपाली कांग्रेस भक्तपुर–२ का उम्मेदवार कविर राणाले आफूविरुद्ध उभिएका प्रतिस्पर्धीहरू राजनीतिक रूपमा अपरिपक्व रहेको दाबी गरेका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा राणाले लामो राजनीतिक यात्रामा जेलनेल भोगेको अनुभव प्रतिस्पर्धी कसैसँग नभएको जिकिर गरे। शैक्षिक योग्यतामा समेत आफू अग्रस्थानमा रहेको उनको भनाइ थियो।
‘राजनीतिक अनुभव होस् या शैक्षिक क्षमता—म जत्तिको तयारी भएको उम्मेदवार अरू देख्दिनँ,’ राणाले भने, ‘यही कारणले हाम्रो जितको आधार स्पष्ट छ। पार्टी एक ढिक्का छ र जित सुनिश्चित छ।’
भक्तपुर–२ मा एमालेबाट महेश बस्नेत, नेकपाबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्रीलगायत उम्मेदवार मैदानमा छन्।
05 February 2026