काठमाडौं २२ साउन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाइएको भन्सार करको दर अझ बढ्न सक्ने संकेत गरेका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कतिपय अतिरिक्त प्रतिबन्ध समेत लाग्न सक्ने बताए ।
ट्रम्पलाई पत्रकारले चीनसहित कतिपय देशले रुससँग तेल किनिरहेका छन्, तर भारतलाई नै किन निशाना बनाइयो भन्ने प्रश्न गरेका थिए ।
जवाफमा ट्रम्पले भने- अहिले त ट्यारिफ लागु भएको मात्र ८ घण्टा भएको छ । हेरौं अब के हुन्छ । तपाईँहरूले अरु धेरै देख्न पाउनु हुनेछ । कतिपय अतिरिक्त प्रतिबन्ध पनि देख्न पाउनु हुनेछ ।
भारतमाथि अमेरिकाले पछिल्लो समय लगाएको २५ प्रतिशत अतिरिक्त करको निर्णय आजैबाट कार्यन्वयन भएको छ । अब यो कर ५० प्रतिशत भएको छ ।
07 August 2025