वैशाख १८ काठमाडौँ,
बागमती र सहायक नदी किनारका जोखिमपूर्ण बस्तीमा आज बिहानैदेखि डोजर चलाइएको छ।
सरकारले बल्खु र वंशीघाट क्षेत्रमा रहेका ६८६ घर–टहरा भत्काउन थालेको हो, जसमा बल्खुका ४८६ र वंशीघाटका २०० संरचना परेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि नै बस्ती खाली गर्न सूचना दिएको थियो र हिजोसम्मको अल्टिमेटम सकिएपछि आजबाट कार्यान्वयन गरिएको हो।
यसपछि शंखमूल लगायत अन्य नदी किनारका संरचनामा पनि क्रमशः कारबाही अघि बढाइने जनाइएको छ।