अतिक्रमण हटाउने क्रममा बुद्ध जयन्तीकै दिन गुम्बा–मन्दिर ध्वस्त पारियो

साझा लाल्टिन संवाददाता

वैशाख १८ काठमाडौँ,

बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र आसपासको सुकुम्बासी बस्तीभित्र रहेको एक मन्दिर डोजर प्रयोग गरेर हटाइएको छ।

२०७८ कात्तिक १३ मा दर्ता भएको उक्त गुम्बा वैशाख शुक्ल पूर्णिमा अर्थात् वैशाख १८ गते शुक्रबार भत्काइएको हो। स्थानीयवासीले कम्तीमा बुद्ध जयन्तीको दिन संरचना नभत्काउन आग्रह गरे पनि त्यसलाई बेवास्ता गरिएको बताएका छन्।

महानगरपालिकाले भने सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानअन्तर्गत गुम्बा र मन्दिर दुवै हटाइएको स्पष्ट पारेको छ। डोजर चलाउनुअघि गुम्बाभित्र रहेका बुद्धका मूर्ति तथा अन्य महत्वपूर्ण सामग्री सुरक्षित रूपमा बाहिर सारिएको पनि जनाएको छ।

प्रतिक्रिया