वैशाख १८ काठमाडौँ,
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले बालेन शाह नेतृत्वको महानगर सरकारले जनताको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वास्तविक सुकुमबासीको पहिचान नगरी र वैकल्पिक व्यवस्था बिना डोजर चलाइएकोप्रति आपत्ति जनाए ।
उनका अनुसार सुकुमबासीको सही पहिचान नगरी तथा पुनर्वासको विकल्प नदिई गरिने कारबाहीलाई जायज मान्न सकिँदैन र यस्ता कदमहरू जनविरोधी हुने बताए । उनले अहिलेको सरकारले क्रमशः जनहित विपरीत काम गरिरहेको संकेत देखिएको भन्दै सचेत हुन आग्रह गरे ।
यद्यपि उनले तत्कालै आरोप लगाउने पक्षमा आफूहरू नरहेको र सरकारलाई अझै मौका दिनुपर्ने तर जनविरोधी गतिविधि नगर्न सुझाव दिनुपर्ने धारणा पनि राखे ।
01 May 2026