महाधिवेशनपछि एमाले झनै एकताबद्ध हुन्छ : शंकर पोखरेल

साझा लाल्टिन संवाददाता

२ पुष, काठमाडौं - नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी झनै एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । बुधबार भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेतृत्व चयनको प्रक्रियामा विभिन्न धार देखिए पनि त्यसले पार्टीलाई कमजोर होइन, अझ बलियो बनाउने बताए ।

पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई उनले लोकतान्त्रिक अभ्यासको स्वाभाविक र सकारात्मक पक्षका रूपमा व्याख्या गरे । यस्तो प्रतिस्पर्धाले नेतृत्वलाई परिष्कृत गर्दै संगठनलाई मजबुत बनाउने पोखरेलको भनाइ छ ।

राष्ट्रिय राजनीतिमा देखिएका जटिल चुनौतीहरूको सामना गर्न एमाले सक्षम रहेको उल्लेख गर्दै उनले नेतृत्वमा जो आए पनि पार्टीले मुलुकलाई सही दिशातर्फ अघि बढाउन सफल हुने दाबी गरे ।

प्रतिक्रिया