६ माघ, काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी भित्र आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा दाङ–१ मा चुनावी समीकरण रोचक बनेको छ । पार्टीका वरिष्ठ नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले उक्त क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीले मेटमणि चौधरीलाई आधिकारिक उम्मेदवार बनाएको निर्णयप्रति असन्तुष्ट रहँदै केसी मैदानमा उत्रिएका हुन् । टिकट वितरणमा आफूलाई बेवास्ता गरिएको भन्दै उनले स्वतन्त्र बाटो रोजेको नेताहरूले बताएका छन् ।
केसीको उम्मेदवारीसँगै दाङ–१ मा नेकपाभित्रै बागी अवस्था सिर्जना भएको छ । आफ्नै पार्टीका प्रभावशाली नेतासँग प्रतिस्पर्धा गर्नुपरेपछि मेटमणि चौधरीको चुनावी यात्रा चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ ।
20 January 2026