कबिता चीरन पुन

साझा लाल्टिन संवाददाता

चीरन पुन १ बैशाख, २०८३

ए - पुर्खाहरु ! 

ए - हजुर बा !, 

ए - हजुर आमा !, 

तिमिहरुले थाहा पायौ ?, 

नयाँ बर्ष आयो रे त !, 

I phone होइन नि !, 

लोकल फोन, 

फेरि दुख पाउने भयो ? 

मन नलागी - नलागी, 

पोहोर जस्तै खिस्स अनुहार, 

भरिने भयो साथिको लोकल फोनको ग्यालरी । 


पुर्लुक्क झ्यालतिर हेरी, 

डर छ - कसैले देखेकी ? 

दाम्ले जनै भिर्नु र चन्दने टीका घस्नु, 

धनुषटङ्कारे नमस्कार कस्नु र अघिल्तिरको मुर्तितीर ॐ शान्ती - शान्ती - शान्ती भन्नु, 

क्या गजब छ ?,

पछिल्तिर कार्लमार्क्सको फोटो, लेनिनको भोलुम, माओको कोटेसन, 

रातो सलाम कमरेड !, 

कम जोसिलो छैन बाण झै निस्कने  शब्दहरु,

अनि ती दुई ध्रुबे भौतिकवादी र आदर्सवादी, 

हेर त कति मिलेर बसेको ? 

आज चन्दने टिका, 

भोलि रातो कम्युनिस्टको टीका !, 

दोस त निधारको हो किनकी 

मिलेर बसेको खाली चौर जस्तै किन हुनु ? 

चोकतिर चिया पसल, 

निन्द्रै पर्दैन त्यहाँ नपुगे ? 

किनकी गफ चुट्नुछ मार्क्सवाद र लेनिनवादको, 

सुनाउनु छ कथा लुसुन र च्याङ्चिङ्गको, 

लगाउनु छ धाक कम्युनिस्ट - समाजवादको !, 

अनि पुर्लुक्कै मोबाइल स्क्रिनतर्फ आखा डुल्छ्न, 

अनि पाजी !, 

चोर औंलाहरु ? 

चलिहाल्छन, 

पोस्ट भैहाल्छ - अझ मङ्गलमय शुभ - कामना । 


न शुख आयो - न दुख गयो, 

आफ्नै टोल त गर्लम्मै ढल्यो, 

के को देश - बिदेशको धाक लाउनु !, 

लेखेर समृद्धि आउने भए ? 

लेख्न थालेको धेरै भयो, 

भनिन्छ नि ! 

हिसाब र पिसाब खराब भए दुख पाईन्छ ?, 

आज देशको हिसाब खराब छ, 

हेर्दा हेर्दै, देख्दा - देख्दै खराब भएको हो हिसाब, 

गरिबहरु र कम्युनिस्टहरुले  हिसाब बिगारेको रे ?

त्यसैले, हिसाब सपार्न सुन मान्छे चाहिन्छ केटो सुन मान्छे बुझिस कुरा !,  

तर - के भर पर्नु र ? 

आफ्नै मामाको त यो गति, 

भाङ्ग्राको धोती !, 

लेख्न त लेख शुभ - कामना !, 

तर - कौन पुछे खेसरीका दाल । 



प्रतिक्रिया