चीरन पुन १ बैशाख, २०८३
ए - पुर्खाहरु !
ए - हजुर बा !,
ए - हजुर आमा !,
तिमिहरुले थाहा पायौ ?,
नयाँ बर्ष आयो रे त !,
I phone होइन नि !,
लोकल फोन,
फेरि दुख पाउने भयो ?
मन नलागी - नलागी,
पोहोर जस्तै खिस्स अनुहार,
भरिने भयो साथिको लोकल फोनको ग्यालरी ।
पुर्लुक्क झ्यालतिर हेरी,
डर छ - कसैले देखेकी ?
दाम्ले जनै भिर्नु र चन्दने टीका घस्नु,
धनुषटङ्कारे नमस्कार कस्नु र अघिल्तिरको मुर्तितीर ॐ शान्ती - शान्ती - शान्ती भन्नु,
क्या गजब छ ?,
पछिल्तिर कार्लमार्क्सको फोटो, लेनिनको भोलुम, माओको कोटेसन,
रातो सलाम कमरेड !,
कम जोसिलो छैन बाण झै निस्कने शब्दहरु,
अनि ती दुई ध्रुबे भौतिकवादी र आदर्सवादी,
हेर त कति मिलेर बसेको ?
आज चन्दने टिका,
भोलि रातो कम्युनिस्टको टीका !,
दोस त निधारको हो किनकी
मिलेर बसेको खाली चौर जस्तै किन हुनु ?
चोकतिर चिया पसल,
निन्द्रै पर्दैन त्यहाँ नपुगे ?
किनकी गफ चुट्नुछ मार्क्सवाद र लेनिनवादको,
सुनाउनु छ कथा लुसुन र च्याङ्चिङ्गको,
लगाउनु छ धाक कम्युनिस्ट - समाजवादको !,
अनि पुर्लुक्कै मोबाइल स्क्रिनतर्फ आखा डुल्छ्न,
अनि पाजी !,
चोर औंलाहरु ?
चलिहाल्छन,
पोस्ट भैहाल्छ - अझ मङ्गलमय शुभ - कामना ।
न शुख आयो - न दुख गयो,
आफ्नै टोल त गर्लम्मै ढल्यो,
के को देश - बिदेशको धाक लाउनु !,
लेखेर समृद्धि आउने भए ?
लेख्न थालेको धेरै भयो,
भनिन्छ नि !
हिसाब र पिसाब खराब भए दुख पाईन्छ ?,
आज देशको हिसाब खराब छ,
हेर्दा हेर्दै, देख्दा - देख्दै खराब भएको हो हिसाब,
गरिबहरु र कम्युनिस्टहरुले हिसाब बिगारेको रे ?
त्यसैले, हिसाब सपार्न सुन मान्छे चाहिन्छ केटो सुन मान्छे बुझिस कुरा !,
तर - के भर पर्नु र ?
आफ्नै मामाको त यो गति,
भाङ्ग्राको धोती !,
लेख्न त लेख शुभ - कामना !,
तर - कौन पुछे खेसरीका दाल ।