हुलहुज्जत र उत्तेजनामा मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : विद्यादेवी भण्डारी

साझा लाल्टिन संवाददाता

काठमाडौं ९ असार - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुन : पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी छिन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताइन् । उनले कसैलाई लागेकै भरमा आफ्नो सदस्यता खान नसक्ने प्रतिक्रिया दिएकी छिन् ।

अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन, भण्डारीले भनेकी छिन् । उनले विधि अनुसार नै पार्टी परिवारको सदस्यमा जोडिएको स्पष्ट पारिन् ।

म नेकपा एमालेको पार्टी जीवनमा पुन: आएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन, उनले भनिन्, पार्टीकै जिम्मेवारी लिएर गएको हो । आइसकेपछि विधि अनुसार नै गरेको हुँ । म नेकपा एमालेको परिवारमा अहिले पनि आबद्ध छु भनेर भनेको हुँ, हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन । पार्टी प्रणालीमा चल्छ । कसलाई के गर्न मन लाग्छ त्यो अलग विषय हो’ भण्डारीको भनाइ छ ।

प्रतिक्रिया