१४ फागुन,काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउने तर्फ सबैलाई सचेत रहन आह्वान गरेका छन्। पार्टी कार्यालय पेरिसडाँंडामा आयोजित पत्रकार सम्मेलनमा उनले देश निर्वाचन सम्पन्न गर्ने प्रक्रियातर्फ अघि बढेको बताएका छन्।
प्रचण्डले भदौ २३ गते दुई तिहाइको दम्भले युवाहरूमाथि भएको हत्या र अत्याचारको आरोप लगाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसको नैतिक जिम्मेवारी लिन तयार नभएकोमा आपत्ति जनाए। उनले भने , “उक्त घटनाबाट उत्पन्न अतिवादी प्रवृत्ति र भ्रष्टाचारको संरक्षणले नेपाली राजनीतिमा अझै आत्मसमीक्षा आवश्यक छ।”
26 February 2026