पत्रकारमाथि दुर्व्यवहार गर्ने वरिष्ठ अधिवक्ता थापाले सार्वजनिक रूपमा माफी माग्नुपर्छ नेपाल पत्रकार महासंघ

साझा लाल्टिन संवाददाता

काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिर निस्कने क्रममा वरिष्ठ अधिवक्ता शम्भु  थापाले पत्रकार उमेश कार्कीको क्यामेरामा हातपात गरेका हुन् । यो घटनाको भिडिओ पनि अहिले सामाजिक सन्जालमा सार्वजनिक भएको छ। 

यो बिषयमा नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा रिपोर्टिङका लागि गएका पत्रकारमाथि गरिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिहीबार वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल प्रेसकर्मी उमेश कार्कीको क्यामेरामा आक्रमण गरेका थिए । नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य समेत रहेका थापाले फोटो खिच्ने क्रममा आफ्नो कर्तव्य निर्वाह गरिरहेका फोटो पत्रकारमाथि आक्रमण गरिएको भन्दै निन्दनीय विषय भएको नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ । 

थापाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने समेत जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघले घटनाबारे सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ। 

503757551_1648341159215891_2676009936163698063_n

प्रतिक्रिया