४ असोज, काठमाडौं - नयाँ बनेको अन्तरीम सरकारका अर्थमन्त्री रामेश्वर खनालले भदौ २४ गतेको तो'डफो'ड र क्षतिपछि निजी क्षेत्रलाई उठाउन विशेष पुनरुत्थान योजना ल्याएको छ।
यस अन्तर्गत ५ सुविधा पाइनेछन् :
२- तलब ऋणमा ब्याज अनुदान - कर्मचारीलाई तलब दिन लिएको ऋणमा मात्र ब्याज छुट दिइनेछ, जसले रोजगारी जोगाउन सहयोग गर्नेछ।
३- कर तिर्न समय थप - बन्दका कारण समयमा कर तिर्न नसक्नेहरूलाई जरिवाना वा विलम्ब शुल्क नलाग्ने गरी थप समय दिइनेछ।
४- बीमा दाबी छिटो भुक्तानी - क्षतिग्रस्त व्यवसायीले १५ दिनमै ५०% बीमा रकम अग्रिम पाउने, बाँकी रकम क्षति मूल्यांकनपछि।
५- नयाँ कर्जा आधार दरमै - जरुरी परे नयाँ ऋण बैंकबाट प्रिमियम नलिई आधार दर (बेस रेट) मै उपलब्ध हुनेछ।
20 September 2025