जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले पत्रकार सम्मेलन गर्दै

साझा लाल्टिन संवाददाता

काठमाडौं, २७ कात्तिक - जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गर्न लागेको छ । 

दिउँसो २ बजे राजधानीको अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्न लागिएको अभियानका नेता ओम शर्माले जानकारी दिए । 

पत्रकार सम्मेलनमा अभियानका नेताहरूले सम्बोधन सहित आगामी योजना सार्वजनिक गर्ने बताइएको छ ।

कात्तिक १८ गते राजधानीमा आयोजित पत्रकार सम्मेलन गरेर शर्माले अभियानको घोषणा गरेका थिए । उक्त अभियानमा तत्कालीन माओवादी केन्द्रका नेता राम कार्कीसहितका नेताहरू सहभागी छन् । बुधबार मात्रै केन्द्रीय सदस्यद्वय ओम शर्मा र लक्ष्मण पन्तलगायतका नेताहरूले पनि अभियानमै आबद्ध रहने घोषणा गरेका थिए । 

प्रतिक्रिया