नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटप्रति जर्बजस्ती चित्त बुझाउनुपरेको बताउनुभएको छ । आपूर्ति तथा उपभोक्ता विभागले राजधानीमा आयोजना गरेको छलफलमा बोल्दै उहाँले बजेट मन नपरे पनि आफूले सकारात्मक रुपमा लिएको बताउनुभएको हो ।
‘बजेट त हामीलाई पनि चित्त बुझेकै छैन, पार्टीलाई बुझेको छैन’, उहाँले भन्नुभयो, ‘तर पनि देशले धान्ने क्षमताअनुसार योभन्दा राम्रो बजेट हुन सक्दैनथ्यो भनेका छौं,
देउवाले मुलुकबाट उत्पादनभन्दा पनि मान्छेमात्र निर्यात भइरहेकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । ‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने हो, क्वालिटी उत्पादनमा जोड दियौँ भने दुई ठूला छिमेकी देशबाट फाइदा लिनसक्छौं, अहिले त मान्छे मात्रै निर्यात हुने अवस्था भयो’,उहाँले सुनाउनुभयो ।
11 June 2025