उत्तेजना होइन, शालीनता चाहिन्छ: रवि लामिछानेको चुनावी सन्देश

साझा लाल्टिन संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी अभियानलाई संयम, शालीनता र अनुशासनको दायराभित्र राख्न पार्टीका नेता–कार्यकर्तालाई कडा निर्देशन दिएका छन्।

चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरे। परिणाम जुनसुकै आए पनि स्वीकार्ने मानसिकता सहित अघि बढ्नुपर्ने भन्दै उनले सबै दललाई स्वस्थ प्रतिस्पर्धामा केन्द्रित हुन आह्वान गरे।

“नतिजा जे आए पनि हामीले स्वीकार्नुपर्छ। संयमित भएर अघि बढ्नुपर्छ। सबैले स्वस्थ प्रतिस्पर्धा गरौँ। भड्काउने र उत्तेजित बनाउने गतिविधि कुनै पनि राजनीतिक दलले गर्नु हुँदैन,” लामिछानेले भने।

उनले पार्टीपंक्तिलाई अन्य दलका नेता–कार्यकर्ताप्रति सम्मानजनक व्यवहार गर्न र आक्रोश वा असन्तुष्टिलाई मतमार्फत व्यक्त गर्न आग्रह गरे। चुनावी मैदानलाई शान्त, सभ्य र लोकतान्त्रिक बनाउनु सबैको साझा दायित्व भएको उनको जोड थियो।

प्रतिक्रिया