१४ वैशाख,काठमाडौं
नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको नाम अघि सार्ने तयारी गरिएको छ। सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयासस्वरूप गरिएको चरणबद्ध छलफलपछि आङ्देम्बेको नाममा अधिकांश सहमति जुटेको बताइएको छ।
दलको नेता चयनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन गरिएको समितिले विभिन्न विकल्पमाथि छलफल गरेको थियो। सोही छलफलपछि आङ्देम्बेको नाममा सहमति बनेको एक पदाधिकारीले जानकारी दिएका छन्।
ती पदाधिकारीका अनुसार, समितिले तयार पारेको प्रस्ताव सभापति गगन थापासमक्ष पेस गरिसकिएको छ। आज बस्ने सांसदहरूको बैठकबाट नाम औपचारिक रूपमा अनुमोदन गराउने तयारी रहेको छ।
दलको नेताका लागि आङ्देम्बेसँगै अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी प्रस्तुत गरेका थिए।
27 April 2026