ओलीलाई पितृशोक : पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

साझा लाल्टिन संवाददाता

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरियामैत्री अस्पतालमा निधन  भएको हो।

अस्पताल स्रोतका अनुसार केही समयदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओलीको उपचारका क्रममा आज बिहान निधन भएको हो।

स्वर्गीय ओलीको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लग्ने तयारी गरिएको छ। पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । 

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी छन्। उनका जेठा छोरा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हुन्।

प्रतिक्रिया