टुँडिखेलमा सांस्कृतिक झाँकीसहित काठमाडौं महानगरको ३१औँ स्थापना दिवस

साझा लाल्टिन संवाददाता

२९ मंसिर, काठमाडौं - काठमाडौं महानगरपालिकाले ३१ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सोमबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको हो।

समारोहमा नेपालका विभिन्न जातजाति र समुदायको सांस्कृतिक पहिचान झल्किने झाँकी तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरियो। कार्यक्रममा कला, संस्कृति र समाजमा योगदान पुर्‍याएका विभिन्न स्रष्टाहरूलाई सम्मान गरिएको छ।

यसअघि स्थापना दिवसको अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा परम्परागत बाजा संरक्षणमा योगदान पुर्‍याएका २३५ जना बाजा गुरुहरूलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको थियो।

प्रतिक्रिया