नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, गगन थापाको राजीनामा एजेन्डामा

साझा लाल्टिन संवाददाता

०६ चैत,काठमाडौं ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आजदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। बैठकमा मुख्य एजेन्डा दुईवटा छन्: निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामाको छलफल।

सभापति गगन थापा बैठकमा सहभागी नभए पनि, उपसभापति शर्माले सभापतिको राजीनामा बैठकमा प्रस्तुत गर्ने र आवश्यक परे अस्वीकृत गर्ने प्रस्ताव अघि सार्ने तयारी गरेका छन्।

पार्टी महामन्त्री गुरुराज घिमिरेका अनुसार, बैठक आज वा भोलि सकिने अपेक्षा छ र यसले सभापतिको राजीनामाबारे अन्तिम निर्णय लिनेछ। उनका अनुसार, अर्को बैठकमा नियमित महाधिवेशनको मिति घोषणा गरिनेछ।

प्रतिक्रिया