२८ फागुन,काठमाडौं - एमालेका नेता वासुदेव घिमिरेले हालैको चुनावमा पार्टीको लज्जास्पद हार र नेतृत्वको व्यवहारप्रति सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही सबै ठीक छ, महाराज।”
घिमिरेले चुनावअघि पार्टी छोड्ने घोषणा गरेका थिए, जसलाई विष्णु पौडेल लगायतका नेताहरूले सम्झाइबुझाइ रोक्न खोजेका थिए।
रुपन्देही–३ बाट उम्मेदवार रहेका घिमिरेले जमानतसमेत बचाउन सकेनन्। चुनावमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. लेखजंग थापा बाट पराजित भए।
12 March 2026