२० जेठ, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा एक जना टिकटकरको गोली हानी हत्या गरिएको छ । बीबीसी हिन्दीका अनुसार १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या भएको हो ।
सोमबार साँझ इस्लामावादस्थित अज्ञान व्यक्ति उनको घरमा घुसेर सनाको हत्या गरेको हो । इस्लामावाद पुलिस स्टेसनमा सनाकी आमाले आफ्नो छोरीको हत्या भएको भन्दै एफआईआर दर्ता गरेकी छन् ।
सनाको शरीरमा गोली लागेको र एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको इस्लामबाद सेक्टर जि–१३ प्रहरी कार्यालयले जनाएको छ । उनकी आमाका अनुसार सनाले हिजो मात्रै जन्मदिनको अवसरमा केक काटेकी थिइन् । त्यसको केही समयपछि एक अज्ञात व्यक्ति घरभित्र छिरेको स्थानीय सञ्चारमाध्यम ‘पाकिस्तान टुडे’मा उल्लेख छ ।
03 June 2025