४ माघ, काठमाडौं - तत्कालीन नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले दाङ क्षेत्र नं. १ बाट बागी उम्मेदवारी दिने चेतावनी दिएका छन्।
नेपाली कम्युनिस्ट पार्टीले दाङ–१ मा मेटमणि चौधरीलाई उम्मेदवार घोषणा गरेपछि केसी असन्तुष्ट बनेका हुन्। उनले तोकिएको समयभित्र आफूलाई टिकट नदिइए स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन मैदानमा उत्रिने चेतावनी दिएका छन्।
केसीले भने, ‘आज दिउँसो १ बजेसम्म उम्मेदवारको टुंगो लाग्ने भनिएको छ। त्यस समयसम्म टिकट नपाए म स्वतन्त्र रूपमा चुनाव लड्छु।’
लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट भालुबाङ सार्ने निर्णयमा केसीको निर्णायक भूमिका रहँदै आएको थियो।
२०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका केसी आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदै मुख्यमन्त्रीसम्म बनेका थिए। यद्यपि, २०७९ को निर्वाचनमा उनले टिकट भने पाउन सकेका थिएनन्।
णा गरेपछि केसी असन्तुष्ट बनेका हुन्। उनले तोकिएको समयभित्र आफूलाई टिकट नदिइए स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन मैदानमा उत्रिने चेतावनी दिएका छन्।