निर्वाचन आयोगद्वारा सार्वजनिक: ५१ दलले समानुपातिक सिट पाउने मौका गुमाए

साझा लाल्टिन संवाददाता

२९ फागुन,काठमाडौं - निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक मत परिणाम सार्वजनिक गर्दै जनाएको छ कि ५१ दलले ३ प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन्।

समानुपातिक मतको कुल संख्या १ करोड १२ लाख ८० हजार ६१७ रहेकोमा आयोगले १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको जनाएको छ। ५७ निर्वाचन चिन्हमा बन्दसूची पेश भए पनि ५१ दलले कुल सदर मतको ३ प्रतिशतसम्म पनि मत पाउन सकेनन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(१२) अनुसार, ३ प्रतिशतभन्दा कम मत प्राप्त दलको मत समानुपातिक सिट बाँडफाँटमा गणना हुँदैन।

जसपा नेपालले १ लाख ८२ हजार २८५ मत प्राप्त गरेको थियो भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४८९ मत पाएको थियो। ५१ दलमध्ये ४ दलले हजार मत समेत पाउन सकेनन्।

प्रतिक्रिया