माओवादीको गढ कालिकोटमा प्रचण्डको इन्ट्री तयजस्तै

साझा लाल्टिन संवाददाता

२० पुस, काठमाडौं - नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कालिकोटबाट पार्टी कमिटीले एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। काठमाडौं, रोल्पा, चितवन, गोरखा र सिरहाजस्ता निर्वाचन क्षेत्र पार गरिसकेका प्रचण्ड अब कालिकोट केन्द्रित हुने संकेत देखिएको छ।

एउटै निर्वाचन क्षेत्र रहेको कालिकोटमा यसअघि महेन्द्र शाहीको सम्भावित उम्मेदवारीको चर्चा चले पनि, प्रचण्डको नाम मात्र सिफारिस भएपछि त्यो सम्भावना औपचारिक रूपमा समाप्त भएको छ।

जिल्लामा माओवादी केन्द्रको सांगठनिक पकड बलियो देखिन्छ। नौ पालिकाका ८१ वडामध्ये ५६ वडा माओवादीको नियन्त्रणमा छन् भने नौमध्ये सात पालिकामा माओवादीकै जित भइसकेको छ। यस्तो अवस्थामा प्रचण्डको कालिकोट अवतरणलाई रणनीतिक र निर्णायक कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया