बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, एजेन्डा गोप्य

साझा लाल्टिन संवाददाता

१४ वैशाख, काठमाडौं

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बस्नेगरी बैठक तय गरिएको एक मन्त्रीले बताएका छन्।

बैठकका एजेन्डा सार्वजनिक नगरिए पनि सरकारका नियमित कामकारबाहीका विषयमा छलफल हुने जनाइएको छ। साथै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने विषय पनि बैठकमा उठ्न सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया