३ पुष, काठमाडौं - नागरिकता र राहदानी जस्ता सरकारी कागजातमा झुटा विवरण पेश गरी प्राप्त गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकलब गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापाकै भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुविरुद्ध लिखत कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
18 December 2025