हिसाब मिलाउन बाँकी छ, न्याय पाउन बाँकी छ”, रिहापछि रवि लामिछानेको चेतावनीपूर्ण सम्बोधन

साझा लाल्टिन संवाददाता

 पुष, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै न्यायका लागि संघर्ष जारी रहने बताएका छन्।

समर्थकहरूसँग बोल्दै लामिछानेले भने, “न्यायको यो लडाइँ मेरो बाँकी नै छ, लड्नु छ। मैले लड्नु बाँकी छ भनेको मेराका लागि होइन, तपाईंका लागि, यो देशको न्यायका लागि हो।”

उनले आफूविरुद्ध भएको अन्यायभन्दा देशमाथि भएको अन्याय ठूलो भएको उल्लेख गर्दै त्यसको हिसाब हुन बाँकी रहेको दाबी गरे। “यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यसको हिसाब गर्नु छ,” उनले भने।

लामिछानेले अहिले सबै कुरा खुलाएर बोल्ने समय नभएको भन्दै केही समय धैर्य गर्न समर्थकसँग आग्रह गरे। “आज यति मात्रै भन्छु—हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ। मैले बोल्ने समय आउँदै छ, धेरै कुरा भन्न बाँकी छ,” उनले भने।

उनले देशले चाँडै न्याय पाउने आशा व्यक्त गर्दै आफू न्यायको पक्षमा निरन्तर लडिरहने स्पष्ट पारे।

प्रतिक्रिया