शोकको घडीमा ओली परिवारसँग भेट गर्न पुगे माधवकुमार नेपाल

साझा लाल्टिन संवाददाता

१ चैत,काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आइतबार केपी शर्मा ओलीको भक्तपुरस्थित निवास पुगेका छन्।

उनी एमाले अध्यक्षसमेत रहेका ओलीका दिवंगत पिता मोहन प्रसाद ओली प्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्न पुगेका हुन्।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा उपचारका क्रममा भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो।

उनको निधनपछि विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरू ओली निवास पुगेर श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी रहेको छ।

प्रतिक्रिया