चितवनमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो : ऊर्जामन्त्री

साझा लाल्टिन संवाददाता

 काठमाडौं ११ साउन - ऊर्जामन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङको तालिका ल्याइएको भन्ने चर्चालाई खण्डन गरेका छन् । उनले प्रकाशित सूचनामा लेखाइ गलत भएको बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले लाइन मिलाउनुपर्ने भएकाले बेलुकीको समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको दाबी गरे ।

उनले भने, ‘लोडसेडिङ होइन, लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ । लाइन मिलाउनुपर्ने भएकाले  दुई दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो ।’

चितवनमा हिजो दैनिक ३-३ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी भएको थियो ।


प्रतिक्रिया