ईश्वर पोखरेल भन्छन् देश बनाउने सही पार्टी एमाले हो

साझा लाल्टिन संवाददाता

११ फागुन,काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुक वर्तमान असामान्य परिस्थितिमा रहेको भन्दै, आगामी निर्वाचन लोकतान्त्रिक र संवैधानिक प्रक्रियामा फर्किनका लागि अत्यन्त महत्वपूर्ण भएको बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार समेत रहेका  पोखरेलले सोमबार हाँडीगाउँमा घरदैलोका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै, देश बनाउने सही दल एमाले नै भएको उल्लेख गरेका छन्। उनले मतदाता, पार्टी कमिटी र आवश्यक आधारका अनुसार उम्मेदवार तोकिएको बताए र जनताका समस्या समाधान गर्ने तथा पहिलेका योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

पोखरेलले आफ्नो कामका बारेमा मतदाताहरू जानकार रहेका कारणले जनताले उनलाई मत दिएर विजयी बनाउने दाबी पनि गरे।

यस निर्वाचन क्षेत्रमा काठमाडौं–५ बाट एमालेका ईश्वर पोखरेलका अलावा कांग्रेसका प्रदीप पौडेल, नेकपाकी कल्पना शर्मा, राप्रपाका कमल थापा र रास्वपाकी सस्मित पोखरेललगायतले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया