नयाँ मन्त्रीहरूको २ बजे शपथ, तर सिफारिस गरिएका ५ जनाको नामहरू चेन्ज हुन सक्ने

साझा लाल्टिन संवाददाता

६ असोज, काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । उनले हिजै ५ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोही अनुसार नियुक्तिको तयारी गरिएपनि पठाइएका नाममा अहिले ‘होल्ड’ मा राख्न भनिएको राष्ट्रपतिको सचिवालयका एक सदस्यले  बताए ।

यद्यपि शीतल निवासले प्रधानमन्त्रीको सचिवालयलाई शपथका लागि २ बजेको समय दिएको छ ।

सचिवालयका ती सदस्यले भने, ‘पठाइएका पाँच मन्त्रीका नाम अहिलेलाई होल्डमै राख्न भनिएको छ । शपथ समारोहका लागि व्यवस्थापन गर्नुपर्ने भएकाले समय दिइसकेका छौं ।’

स्वास्थ्य मन्त्रालयकी सचिव संगीता मिश्रा, आविश्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्‍य पुन:संरचना समितिका संयोजक मदन परियारको नाम मन्त्रीका लागि सिफारिस गरिएको बताइएको छ ।

यद्यपि यी नामहरू चेन्ज हुन सक्ने भन्दै होल्ड गर्न भनिएको सिंहदरबार स्रोतले बतायो ।

प्रतिक्रिया