नेपाल कम्युनिस्ट पार्टी माओवादीद्वारा नेपाल बन्दलाई समर्थन

साझा लाल्टिन संवाददाता

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (CPNM) ले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आह्वान गरेको नेपाल बन्दलाई समर्थन जनाएको छ। विद्यार्थी युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीका हक–अधिकार, निःशुल्क तथा वैज्ञानिक शिक्षाको पक्षमा बन्द आवश्यक भएको जनाएको हो।

विज्ञप्तिमा वर्तमान शिक्षा प्रणालीलाई जनविरोधी र व्यापारीकरणमुखी भएको आरोप लगाउँदै निजी विद्यालय तथा शैक्षिक माफियाबाट भइरहेको शोषण अन्त्य गर्न राज्यसत्तामै परिवर्तन आवश्यक रहेको उल्लेख गरिएको छ। निःशुल्क शिक्षा प्राप्तिको सुनिश्चितता, वैज्ञानिक शिक्षा प्रणालीको कार्यान्वयन तथा जनताको राज्यसत्ता स्थापना गर्ने उद्देश्यका साथ बन्दको समर्थन गरिएको विद्यार्थी संगठनको भनाइ छ।

युनियनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा भइरहेको निजीकरण र व्यापारिकरणको विरोध गर्दै सम्पूर्ण विद्यार्थी, अभिभावक तथा जनसमुदायलाई बन्द सफल पार्न आग्रह गरेको छ। साथै, माघ २१ गते आह्वान गरिएको नेपाल बन्दलाई सफल बनाउन देशभरका विद्यार्थी संगठनहरूलाई सक्रिय सहभागिताका लागि अपिल गरिएको छ।

प्रेस विज्ञप्तिमा विद्यार्थी आन्दोलनलाई दबाउने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनीसमेत दिइएको छ।


प्रतिक्रिया