बगदाद दूतावासमा मिसाइल प्रहारपछि अमेरिका सतर्क, नागरिकलाई क्षेत्र छाड्न आग्रह

साझा लाल्टिन संवाददाता

१ चैत,काठमाडौं मध्यपूर्वमा बढ्दो तनावका बीच मेरिकाले आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। इरानसँग सम्बन्धित समूहहरू सक्रिय बनेको आशंकापछि वाशिङ्टनले सो क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न वा सम्भव भए देश छाड्न सुझाव दिएको हो।

बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएको घटनापछि मेरिकाले शनिबार आफ्ना नागरिकलाई तत्काल इराक छाड्न निर्देशन दिएको थियो। त्यसलगत्तै मध्यपूर्वका अन्य १४ देशमा रहेका अमेरिकी नागरिकलाई पनि उच्च सतर्कता अपनाउन र आवश्यक परे त्यहाँबाट बाहिरिन अपिल गरिएको हो।

अमेरिकी प्रशासनका अनुसार इरान समर्थित इस्लामिक मिलिसिया समूहहरूले अमेरिकी नागरिक र हितमाथि आक्रमण गर्न सक्ने जोखिम बढेकाले यस्तो चेतावनी जारी गरिएको बताइएको छ। त्यसैले क्षेत्रका दूतावास तथा कूटनीतिक नियोगहरूले आफ्ना नागरिकलाई सुरक्षा सतर्कता कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया