लामिछाने–शाही भेट: उपसभामुख पदमा सम्भावित सहकार्यको संकेत

साझा लाल्टिन संवाददाता

 २१ चैत,काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही शनिबार भेटघाट गरेका छन्। भेटघाट लामिछानेको निजी निवासमा करिब एक घण्टा चलेको थियो।

प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा दुई नेताबीचको यो भेटलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। बैठकको मुख्य एजेन्डा उपसभामुख पदमा सम्भावित सहकार्य र संसद भित्र साझा रणनीति तय गर्ने विषयमा केन्द्रित रहेको बुझिएको छ।

पहिले नै रास्वपाले डीपी अर्याललाई सभामुखमा निर्वाचित गराइसकेको छ। संविधान अनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गका हुनु पर्ने भएकाले, रास्वपाले सत्ता पक्ष बाहिरका दलसँग सहकार्य गर्नुपर्ने परिस्थितिमा छ।

प्रतिक्रिया