सरकारद्वारा दुई अध्यादेश अघि बढाइँदै, राष्ट्रपति कार्यालयमा कानुनी परामर्श जारी

साझा लाल्टिन संवाददाता

१५ वैशाख,काठमाडौं

सरकारले दुई वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संवैधानिक परिषद् सम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पेश गरिएको स्रोतले जनाएको छ।

यसअघि यही १७ गतेदेखि बोलाइएको संसद अधिवेशन सरकारले विशेष कारण देखाउँदै स्थगित गरेको थियो। त्यसपछि अध्यादेशमार्फत कानुन अघि बढाइएको भन्दै सरकारको कदममाथि प्रश्न उठ्न थालेको छ।

राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार पठाइएका अध्यादेशबारे अहिले कानुनी परामर्श भइरहेको छ। संसद छलेर अध्यादेशको बाटो अपनाएको भन्दै सरकारको यो निर्णयको चौतर्फी आलोचना पनि भइरहेको छ।

प्रतिक्रिया