विद्यालय भवन निर्माणमा झण्डै एक करोड भ्रष्टाचार, प्रधानाध्यापक सहित चारजनाविरुद्ध मुद्दा
साझा लाल्टिन संवाददाता
28 April 2026
१५ वैशाख,काठमाडौं
झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य भ्रष्टाचार प्रकरणमा मुछिएका छन् । विद्यालय भवन निर्माणमा अनियमितता गरेको आरोपमा उनीसहित लेखापाल दयासागर आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नमुना विद्यालय भवन निर्माणका क्रममा मिलेमतो गरेर करिब ९३ लाख ८३ हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको देखिएको छ । सो रकम असुलउपर गरी दोषीलाई कैद तथा जरिवाना गर्न अख्तियारले मागदाबी गरेको छ ।