अदालतको आदेशपछि ‘लालीबजार’ प्रदर्शन रोकियो, २२ वैशाखसम्म प्रतिबन्ध

साझा लाल्टिन संवाददाता

१५ वैशाख,काठमाडौं

चलचित्र ‘लालीबजार’को प्रदर्शन हाललाई रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले २२ वैशाखसम्म फिल्म प्रदर्शन नगर्न आदेश जारी गरेको हो, सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिएका छन्।

वादी समुदायकी रोशनी नेपालीले चलचित्रका केही शब्दप्रयोगप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्। सोही निवेदनमाथि सुनुवाइपछि अदालतले प्रदर्शन रोक्ने आदेश दिएको हो।

यम थापाको निर्देशनमा बनेको यो चलचित्र १८ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा थियो। षट्कोण आर्टसको निर्माण रहेको फिल्म वादी समुदायका महिलाको जीवन संघर्षमा आधारित छ।

यसअघि सोमबार चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल प्रमाणपत्र प्रदान गरिसकेको थियो।




प्रतिक्रिया