श्रीलंकामा बौद्ध भिक्षुको आवरणमा लागुऔषध तस्करी गरिएको घटना सार्वजनिक भएको छ। थाइल्याण्डबाट विमानमार्फत राजधानी फर्किएका २२ जना गेरु वस्त्रधारी भिक्षु पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूको लगेजबाट करिब ११० केजी गाँजा बरामद गरिएको छ, जसलाई पाँच–पाँच केजीका प्याकेटमा प्याक गरिएको थियो। ती भिक्षुहरू थाइल्याण्डमा अध्ययनरत रहेको र चार दिनको बिदा मनाउन श्रीलंका गएको बताइएको छ।
घटनापछि श्रीलंका प्रहरीले सबैलाई सात दिनका लागि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ। भिक्षुको आवरणमा यति ठूलो परिमाणमा लागुऔषध ओसारपसारमा संलग्न भएको घटना श्रीलंकामा पहिलो पटक देखिएको बताइएको छ।