सांसद र मन्त्री भइसकेकालाई नो एन्ट्री : नेकपाको समानुपातिकमा सबै नयाँ अनुहार

साझा लाल्टिन संवाददाता

 १४ पुस, काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक निर्वाचनमा पूर्ण रूपमा नयाँ अनुहार अघि सार्ने निर्णय गरेको छ । पार्टीको निर्णय अनुसार प्रतिनिधिसभा वा राष्ट्रियसभामा यसअघि सांसद भइसकेका, तथा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कुनै पनि व्यक्तिलाई समानुपातिक सूचीमा समावेश नगरिने भएको हो ।

शीर्ष तहमा भएको सहमतिअनुसार यसअघि प्रत्यक्ष वा समानुपातिक निर्वाचनमार्फत निर्वाचित भएका नेताहरूलाई यसपटक सिफारिस नै नगर्ने नीति लिइएको पार्टी स्रोतले जनाएको छ । समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन आज नयाँ अनुहारलाई प्राथमिकता दिँदै सूची तयार गरिएको छ ।

समानुपातिक उम्मेदवारको अन्तिम छनोट प्रक्रिया पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको नेतृत्वमा भइरहेको छ । नयाँ अभ्यासका रूपमा सबै उम्मेदवार पहिलोपटक संसद् प्रवेश गर्ने गरी सिफारिस गर्ने निर्णय नेपाली कम्युनिष्ट पार्टीले मात्रै गरेको बताइएको छ ।

प्रतिक्रिया