नेकपा राष्ट्रिय सभा दलको नेतामा झक्कु सुवेदी चयन

साझा लाल्टिन संवाददाता

 २२ चैत,काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेतृत्व चयन गरेको छ। पार्टीको निर्णयअनुसार झक्कु सुवेदीलाई दलको नेताको जिम्मेवारी दिइएको हो।

नवनिर्वाचित नेता सुवेदीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट आजै औपचारिक पत्र प्राप्त गरेको जानकारी दिएका छन्। राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दलका रूपमा रहेको छ।

प्रतिक्रिया