पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

साझा लाल्टिन संवाददाता

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ।  भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो। 

भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेताले जनाकारी दिए । 

स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन्  ।

प्रतिक्रिया