काठमाडौं - अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिनेमध्य एक न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ।
नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै पुगेर न्यायाधीशमाथि मोसो प्रहार गरेका हुन्।
उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जनविरोधी फैसला गरेको भन्दै थारूलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन् ।
12 June 2025