१७ मंसिर, काठमाडौं - प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज मुख्यमन्त्रीका लागि आह्वान गरेका हुन्।
मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत भएकोले नयाँ मुख्यमन्त्रीका लागि आह्वान भएको हो।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूबाट बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मंसिर १९ गते शुक्रबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान भएको हो।
यसअघिका मुख्यमन्त्री यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आज पदबाट राजीनामा दिएका थिए।
03 December 2025